धादिङ ०१ चैत्र
प्रशान्त ढउन्या
स्थानिय समाजसेवी तथा पाथ नेपालका अध्यक्ष शितल चन्द्र धरेलले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ७ सुकौरामा रहेको जनज्योति आधारभूत विद्यालयलाई कम्प्युटर, साउन्ड सिस्टम लगायत स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । आइतबार एक कार्यक्रमका बिच समाजसेवी धरेलले विद्यालयलाई ५ थान कम्प्युटर, १ थान साउन्ड सिस्टम, फेस मास्क २ सय थानका साथै विद्यालयलाई नगद रु १ लाख हस्तान्तरण गर्नुभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्त दनैले जानकारी दिनुभयो । विद्यालयलाई सहयोग गर्दै धरेलले आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस