धादिङ,०१ चैत।
धादिङबेशीमा विगत १५ वर्ष देखि सेवा दिदै आईरहेको कौशिक ब्युटिपार्लरले आयोजना गरेको ब्राईडल मेकअप तालिम शनिबार सम्पन्न भएको छ । शनिबार धादिङबेशी स्थित क्रिक रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि ब्राईडल मेकअप तालिम समापन गरिएको हो । उक्त तालिमका सिकेका प्रशिक्षार्थीहरुले तयार गरेको ब्राईडल मेकअप प्रतियोगितामा अन्जु कार्कीले तयार गर्नुभएको ब्राईडल मेकअप मोनिका श्रेष्ठले उत्कृष्ट ब्राईडल मेकअप को उपाधि जित्नुभएको छ । पछिल्लो समयमा ब्युटिपार्लरको स्कोप बढिरदा धेरै महिला दिदिबहिनीहरुले ब्युटिपार्लर सिक्न चाहेको हुनाले उहाँहरुको ईच्छा पनि पुरा गरिदिने र सिप सिकाएर स्वरोजगार बनाउने उद्धेश्यले उक्त तालिम संचालन गरेको कौशिक ब्युटिपार्लरकी प्रोपाईटर राधिका दंगालले बताउनु भयो । तालिममा सहभागिहरुले छोटो समयमा पनि राम्रो ब्राईडल मेकअप गर्न सक्ने भएको देख्दा खुशि लागेको बताउनु भयो । राधिका दंगालले सहजीकरण गर्नुभएको तालिम २१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कौशिक ब्युटिपार्लरले पार्लर सिकेका व्यक्तिहरुको लागि रोजगारको पनि व्यवस्था गरेको छ । कौशिक ब्युटिपार्लरकी प्रोपाईटर राधिका दंगालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेकअप आर्टिस्ट सन्तोषी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सौन्दर्य कला व्यवसाय संघको केन्दीय सदस्य चिना माया श्रेष्ठ, सौन्दर्य कला व्यवसाय संघको जिलला अध्यक्ष सिता कुमारी राना, नीलकण्ठ नगरपालिका सामा परियोजनाका लेखा तथा प्रशासकिय अधिकृत सम्झना भण्डारी लगाएत धादिङ सम्पुणर् ब्युटिसियनहरुको सहभागिता रेहेको थियो । साथै उक्त कार्यक्रमको फोटोग्राफर प्रदिप श्रेष्ठ रहनुभएको थियो ।
फोटो प्रदिप श्रेष्ठ
प्रतिक्रिया दिनुहोस