धादिङ २९ फाल्गुण
उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम धादिङबेशीमा सम्पन्न भएको छ । “सम्वृद्धिका लागि उद्यमशीलता सहितको सिप” भन्ने मूल नाराका साथ उक्त तालिम शनिबार सम्पन्न भएको हो । मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमीको आयोजनामा २० गतेदेखि तालिम सुरु भएको तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले नीलकण्ठ नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिरहेको र सो कार्यक्रमलाई दुई करोड ब्याज अनुदानको लागि नेपाल बंैक लिमिटेडसँग सम्झौता गरिएको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमीका प्रमुख दिपक विश्वकर्माले उक्त तालिमबाट सिकेका कुराहरु आफ्नो व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको छ । शनिबार सम्पन्न भएको उक्त तालिमको सहजकर्ता लेखनाथ इटनी रहनुभएको थियो । मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमीका प्रमुख दिपक विश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नीकलण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षक लेखनाथ इटनी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस