धादिङ २९ फाल्गुण
एकीकृत अखिल नेपाल शिक्षक संगठन वेनिद्धाट रोराङ गाउँपालिकाको शैक्षिक भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संगठनका निर्वतमान अध्यक्ष टंक बहादुर रानाको अध्यक्षतमा सम्पन्न भएको उक्त भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै मल्लले निकट भविष्यमा पार्टीहरु ध्रुवीकरण हुने बताउनु भएको थियो । साथै शिक्षक संगठन मार्फत पार्टी विस्तारमा सहयोग गर्न पनि आह््वान गर्नुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथी नेकपा माओवादी केन्द्र धादिङका नेता राम बहादुर भण्डारीले शिक्षकहरु समाजको अगुवा भएको हुनाले समाज र मुलुक परिवर्तनमा शिक्षकहरुको योगदानलाई नेकपा माओवादी केन्द्रले कहिल्यै भुल्न नसक्ने बताउनु भयो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला नेता दिपा कडेंल, युवा संघ इन्चार्ज मिलन सिलवाल, तारा भण्डारी, दिपक लामिछाने (सुवोध) नेकपा माओवादी केन्द गाउँ कमिटी अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक) शिक्षक संगठन धादिङका अध्यक्ष खिल बहादुर धमला, वरिष्ठ उपाध्यक्ष तिलक बहादुर चेपाङ लगायतको सहभागिता रहेको थियो । साथै उक्त भेलाले नयाँ अध्यक्षमा ईश्वर बाबु रेग्मी, उपाध्यक्षमा दुर्गा त्रिपाठी, सचिव सुरेन्द्र श्रेष्ठ, कोषध्यक्ष क्षेत्र कुमार श्रेष्ठ सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
भेलााले निवर्तमान अध्यक्ष टंक बहादुर राना र सहदेव काफ्लेलाई जिल्ला समन्वय समितिमा लैजाने र राजेन्द्र कोइरालालााई बागमती प्रदेश कमिटीमा लैजान सिफारिस गर्ने निर्णय गरेको छ । गाउँपालकाको वडा नम्बर १ देखि १० सम्म एकीकृत अखिल नेपाल शिक्षक संगठनको वडा भेला गर्ने तथा विभिन्न विभागहरु गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस