धादिङ २६ फाल्गुण
नेपाल निवृत शिक्षक समाजको पाँचौ वार्षिक साधारण सभा धादिङबेशीमा सम्पन्न भएको छ । बुधबार रोजगारमूलक गुणस्तरीय शिक्षा, नेपाल निवृत शिक्षक समाजको सदिक्षा भन्ने मुल नाराका साथ वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चुडामणी कट्टेलले निवृत्त शिक्षकहरुले आफूले जानेका र बुझेका सिपहरुमार्फत नयाँ शिक्षकहरुलाई मार्गदर्शन गर्नुपर्ने बताउनु भयो । त्यस्तै पूर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डेले निवृत्त शिक्षकहरुले आफ्नो भूमिकालाई फराकिलो बनाउदै राष्ट्रको निम्ति सोच्नुपर्ने बताउदै सामाजिक कार्यमा अग्रसर भएर लाग्न आग्रह गर्नुभयो ।
नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्य समिति धादिङका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चुडामणी कट्टेलको प्रमुख आतिथ्यता पूर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डेको विशेष आतिथ्यताका साथै विभिन्न विद्यालयका निवृत्त शिक्षकहरुको सहभागिता रहेको थियो । निवृत्त शिक्षक चन्द्रबहादुर लम्सालले संचालन गर्नुभएको कार्यक्रममा ५ जना निवृत्त शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस