धादिङ २५ फाल्गुण
धादिङको खनियाबास गाउँपालिकामा स्यामापांगा बनाउने सम्बन्धी १ महिने पुर्नतार्जगी तालिम सम्पन्न भएको छ । माघ २२ गतेबाट सञ्चालित उक्त तालिमको मङ्गलबार एक कार्यक्रमका बिच समापन गरिएको हो । महिलाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले खनियाबास गाउँपालिका धादिङको आयोजना तथा ग्रामीण विकास व्यवसायिक सेवा प्रालिको सहयोगमा सञ्चालित १ महिने तालिम समापन कार्यक्रमको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष योमाया तामाङले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ रहनुभएको थियो । कार्यक्रमलाई संबोधन गर्दै तामाङले गाउँपालिलकाद्धारा सञ्चालित तालिमहरुमध्ये स्यामापांगा तालिम धेरै प्रभावकारी र राम्रो रहेको बताउदै गाउँपालिकाको तर्फबाट यस्ता तालिमहरुको निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै समापन कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका उपाध्यक्ष योमाया तामाङले तालिमबाट सिकेका सिपहरुलाई सही ठाउँमा सदुपयोग गरी स्वरोजगार बन्न आग्रह गर्दै उत्पादित सामग्रीहरुलाई बजारसम्म पुर्याउनका लागि गाउँपालिकाले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । २० जनाको सहभागिता रहेको तालिम समापन कार्यक्रममको सञ्चालन ग्रामीण विकास व्यवसायिक सेवा प्रालिका प्रमुख हरि भट्टराईले गनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस