धादिङ २५ फाल्गुण
अन्तरपालिका स्तरीय समन्वय कप प्रतियोगिताको उपाधी नीकलण्ठ नगरपालिकाले हात पारेको छ । मंगलबार ज्वालामुखी गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी हात पारेको हो । सोमबार भएको सेमिफाईनलको पहिलो खेलमा ज्वालामुखी गाउँपालिकाले त्रिपुरासुन्दरीलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । ज्वालामुखीको जितका लागि इन्द्र गिदेल मगर र विरेन्द्र पुलामी मगरले १–१ गोल गरेका थिए । ज्वालामुखी विरुद्ध सेमीफाईनल खेलेको त्रिपुरासुन्दरीले भने ज्वालामुखीको विरुद्ध गोल गर्न सकेन । यस्तै सोमबार कै दोस्रो सेमीफाईनल खेलमा नीलकण्ठ नगरपालिकाले सिद्धलेकलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । नीलकण्ठको जितका लागि सर्जु गुरुङले २ गोल गरेका थिए । नीलकण्ठ विरुद्धको खेलमा सिद्धलेकका जर्सी नं. १९ ले १ गोल गरेका थिए । सेमीफाईनल खेल सकिएसँगै त्रिपुरासुन्दरी गाउँपालिका र सिद्धलेक गाउँपालिका सान्त्वना भएका छन् । धादिङको गंगाजमुना गाउँपालिका बाहेकका पालिकाले भाग लिएको उक्त प्रतियोगिता जिल्ला समन्वय समिति धादिङको आयोजनामा फागुन २१ गतेदेखि नीलकण्ठ नगरपालिका १ पात्लेमा सुरु भएको थियो । प्रतियोगितामा विजेता हुनेलाई प्रथम पुरस्कार नगद १ लाख, द्धितीय पुरस्कार ५० हजार, सान्तोना पुरस्कार १५–१५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस