धादिङ,२५ फागुन ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङग्राङखानी स्थित त्रिशुली नदिमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रुपेन्देहीबाट काठमाडौं आउँदै गरेको गोयन्का सिमेन्टको लोड भएको लु १ ख ७७६२ नं को ट्रक पृथ्वीराजमार्ग स्थित तिङग्राङखानी स्थित सडकबाट अन्दाजी ३० मिटर तल त्रिशुली नदिमा खसि दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा ट्रकका चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नाला घर भएका ४५ वर्षीय बिष्णु घिमिरे र सोही ठाउँ बस्ने ट्रकका सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यलय गजुरी, प्रहरी चौकी जोगिमारा र शशस्त्र प्रहरी बलद्वारा खटिगएको टोलीले सबलाई पोस्ट्रमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरीले जनाएको छ ।
तस्बिर दियो पोष्ट
प्रतिक्रिया दिनुहोस