“नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ । नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको साथै इन्टरनेट अनलाइन www.radiobihani.org मार्फत मेरो आवाजलाई तपाईँ सुन्दै हुनुहुन्छ । म छु तपाईँको मनभित्रको साथी धर्मेन्द्र श्रेष्ठ……………” रेडियो बिहानी मार्फत तपाईँहरुको रेडियो सेटमा हरेक दिन बिहान १० बजे गुन्जने यो आवाज सदाका लागि बन्द भयो भन्न हामीलाई अत्यन्तै कठिन भैरहेको छ ।
बिगत ५ वर्षदेखि रेडियो बिहानी ९७.६ मेगाहर्जमा लोकप्रिय कार्यक्रम चौबन्दीका प्रस्तोता अत्यन्तै मिठो आवाजका धनि, सबैको भलो चाहने सबैलाई हसाइरहने नीलकण्ठ नगरपालिका वडा नं. ८ रामकोट निवासी धर्मेन्द्र श्रेष्ठले आइतबार(२०७७÷११÷२३ गते) दिउसो करिब २ः३० देखि ३ः०० बजेको बिचमा देह त्याग गरेका छन् । यो अपत्यारिलो र अकल्पनीय खबर तपाईँहरुलाई सुनाउन पर्दा हार्मी अत्यन्त मर्माहत बनेका छौँ । पछिल्लो समय रेडियो कार्यक्रमका साथसाथै कलाकारिता क्षेत्रमा पनि लोकप्रियता कमाउदै आएका उनी रेडियो बिहानीका पूर्णकालीन कर्मचारी थिए । कला साहित्यमा पनि उत्तिकै रुचि राख्ने उनले आफ्नै आवाजमा २ वटा गीत सार्वजनिक गरिसकेका थिए भने तातोमाथि पिरो टेलिचलचित्रको निर्माण समेत गरेका थिए ।
अल्पायुमै देह त्याग गर्ने निर्णय उनले किन र के का लागि लिए ? यो प्रश्न भने अनुत्तरित छ । मृत्यु सास्वत सत्य हो । नचाहदा नचाहदै पनि स्वीकार गर्नुपर्ने रहेछ । रेडियो बिहानीले एउटा कुशल कार्यक्रम प्रस्तोता र कर्मचारी गुमाएको छ । धादिङको पत्रकारिता क्षेत्र, कलाकारिता क्षेत्रले उदाउदै गरेको एउटा नक्षेत्र गुमाएको छ ।
यो दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त पििरवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
उहाँको अन्तिम कार्यक्रम
प्रतिक्रिया दिनुहोस