धादिङ जेष्ठ १८
विद्यार्थीहरुलाई योगका माध्यमद्धारा शारीरिक, मानसिक र सम्वेगात्मक रुपमा विकास गर्ने उद्देश्यले धादिङ आवासीय माध्यमिक विद्यालयले विद्यालयमा नियमित योग कक्षा सञ्चालन गर्न लागेको छ । जेष्ठ १९ गते आइतबारदेखि सञ्चालन हुने योग विज्ञान शिविर बिहान ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो । विगतका दिनहरुमा पनि विद्यालयले जिल्ला आर्युवेद अस्पतालसँगको सहकार्यमा विद्यार्थीहरुलाई योग शिक्षा सञ्चालन गरेको थियो । पतञ्जली योग समिति धादिङसँगको सहकार्यमा हुन लागेको योग विज्ञान शिविरमा सबै अभिभावक विद्यार्थी र शिक्षकहरुलाई सहभागिताको लागि विद्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस