धादिङ, २३ फागुन ।
जोखिम संवेदनशील भु-उपयोग योजना तयारी सम्बन्धी प्रारम्भिक छलफल तथा अभिमुखिकरण कार्यक्रम धादिङबेशीमा सम्पन्न भएको छ । बुधबार नीलकण्ठ नगरपालिकाको सहकार्यमा युएसएआईडी तयार नेपाल विपद् जोखिम व्यवस्थापन परियोजना अन्र्तगत उक्त कार्यक्रम संचालिन गरिएको हो । कार्यक्रममा शहरी योजना व्यवस्थापक, तयार नेपालका वन्दना शर्माले युएसएआईडी तयार नेपाल परियोजना तथा जोखिम संवेदनशील भुउपयोग योजना तयारीको महत्व सम्बन्धी सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । साथै विपदको समयमा कसरी सुरक्षित रहने, कसरी सुरक्षित स्थल पहिचान गर्ने लगाएतका बारेमा शर्माले बताउनु भएको थियो ।त्यस्तै नेपाल डेवेलपमेण्ड कन्सल्ट्यान्सीका डाक्टर सञ्जय उप्रेतीले जोखिम संवेदनशील भुउपयोग योजना तयारीको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले कुनै पनि विपद आउदा आफुले सामना गर्न सक्छु भन्ने मनमा हिम्मत नभए सम्म त्यो न्युनिकरण हुन नसक्ने बताउनु भएको थियो । जति पनि विपदहरु आउछन् ती सबै तपाई हाम्रै कारणले गर्दा भएको बताउनु भयो । विशेष गरि अहिले नागरिकहरुले भुउपयोग योजना बनाउन तर्फ लाग्न आग्रह गर्नुभएको छ । त्यस्तै कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले हामीले गर्ने विकास निर्माणका कामहरु एउटा पनि गुरु योजनाका साथ अगाडी बढाउन नसक्दा कयौं विपद्हरु आईरहेको बताउनु भएको थियो । धादिङको पनि केहि स्थानहरु जोखिमयुक्त रहेको बताउनु भएको छ । साथै विपद् आउन नदिनको निम्ति नगरपालिकाले काम गरिरहेको भण्डारीको भनाई छ ।युएसएआईडी तयार नेपालले केन्दीय स्तरका प्रणाली र संघसंस्थाहरुको सुधार, नगरपालिका तहमा क्षमता अभिवृद्धि र विपद् पूर्वतयारीको, प्रतिकार्य तथा पुनर्लाभ लगाएतका क्षेत्रमा विभिन्न ८ वटा नगरपालिकाहरुमा आफ्नो कार्य क्षेत्र बनाउदै आएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजाल, प्रमुख प्रशासकिय अधिकृत तुलसिराम पौडेल, युएसएआईडी तयार नेपाल परियोजनाका प्रतिनिधीहरु वडा अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस