धादिङ,२३ फागुन ।
नारी जागरण केन्द्रको २२ औं स्थापना दिवस तथा १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । आईतबार नारी जागरण तथा नारी विकास साकोस भवन परिसर वि.पी टोलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १६ जना महिला र १३ जना पुरुष गरि जम्मा २९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नारी जागरण केन्द्र धादिङको आयोजना, नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह आयोजना, नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगअ तथा रेडियो बिहानी र नीकलण्ठ एफ एमको संचार सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस