धादिङ फाल्गुण २१
गजुरी गाउँपालिका धादिङमा बिहिबारबाट सुरु भएको २ दिने कर भ्याट तथा लेखा व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ । स्वर्णिम भविष्यका लागि उद्यम भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघ धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । २० गतेदेखि सुरु भएको तालिममा ४६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उपाध्यक्ष सीता ढुङगानाको विशेष आतिथ्यता रहेको कार्यक्रममा, उद्योग वार्णिज्य संघ धादिङका प्रतिनिधी राज कुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस