धादिङ फाल्गुण २१
गलत मान्छेको हातमा नेतृत्व गएकोले देशले दुःख पाएको नेकपा केन्द्रीय सदस्य सालिकराम जम्कट्टेलले बताउनु भएको छ । शहिद सप्ताहको अवसरमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई धादिङबेसीमा सम्मान गर्दै नेता जम्कट्टेलले शहिद र वेपत्ता योद्धाहरुले देखेको सपना पुरा गर्न पार्टी प्रतिवद्ध रहेको बताउनु भएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धादिङले सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमको आयोजना गरेको थियो । जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं बागमती प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्र िसालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता नेकपा धादिङका सचिव विजय बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख एव नेकपा धादिङका नेता मनराज भण्डारी, दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख भण्डारीले शहिद वेपत्ताहरुले राष्ट्र र परिवर्तनको लागि गरेको योगदानको सदैव सम्मान गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवं नेकपा धादिङका नेता राम बहादुर भण्डारीले शहिदहरुको योगदानकै कारण देशमा आमूल परिवर्तन सम्भव भएको बताउदै सहिद बेपत्ताको योगदानको कहिले पनि अबमुल्यन गर्न नहुने बताउनु भयो । कार्यक्रममा धादिङ जिल्लाबाट जनयुद्धको क्रममा सहादत प्राप्त गर्नुहुने र बेपत्ता पारिएका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस