धादिङ,२१ फागुन ।
५६ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा धादिङ नीलकण्ठ माध्यामिक विद्यालयमा वृहत खुल्ला सरसफाई अभियान सम्पन्न भएको छ । शुक्रबार नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ मा.वि.की अध्यक्ष रविना दंगालको अध्यक्षतामा विद्यालय परिसर भित्र र बाहिर सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठ, नीलकण्ठ मा.वि. युवा रेडक्रस सर्कलका संरक्षक ध्रुव अधिकारी, शिक्षक नायक राजेन्द्र राना मगर र बिहानी कक्षाको युवा रेडक्रस सर्कलका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । युवाहरुलाई सिर्जनसिलताका साथै सामाजिक उत्तरदायित्व वहन गर्न र गराउनको लागि उक्त सरसफाई अभियानले सकारात्मक सन्देश दिएको उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनु भयो । विगतका दिनहरुमा पनि नीलकण्ठ युवा रेडक्रस सर्कलको सक्रियतामा रक्तदान कार्यक्रम, वृक्षारोपण, आकस्मिक कृतिम घट्ना अभ्यास, रक्तदाता सचेतना कार्यक्रम र स्वास्थ्य सरसफाई सम्बन्धी नमुना अभ्यास लगाएतका कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस