धादिङ २० फाल्गुण
नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोट मानेमा गुम्बा शिलान्यास तथा विश्वशान्ति होम पूजा सम्पन्न भएको छ । बिहिवार नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन इकाई र लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाको आयोजनामा उक्त गुम्बाको शिल्यान्यास गरिएको हो । शिल्यान्यास कार्यक्रमलाई संबोधन गर्दै प्रदेश सभाका सदस्य डाक्टर रामकुमार अधिकारीले चुनावी अभियानको घोषणा पत्र अनुरुप विकास निर्माणको कार्यमा अघि बढ्दै गएको बताउनु भएको छ । साथै धुवकोटको विकासको लागि स्याउली पात्ले सडकखण्ड पिच गर्नको लागि बजेट स्वीकृत भईसकेको र खोनपानी लगायत अन्य विकास निर्माण कार्यको लागि प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले बुद्ध धर्मप्रतिको आस्था र महामानव गौतम बुद्धले देखाएको शान्तिको मार्गलाई अनुशरण गर्नुपर्ने बताउदै गुम्बा निर्माणको लागि नीलकण्ठ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाका अध्यक्ष मिन बहादुर गुरुङको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा प्रदेश सभाका सदस्य डाक्टर रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । सोही कार्यक्रमको अवसर पारी निर्माण सम्पन्न भएको माने खानेपानी उपभोक्ता समितिको पनि उद्घाटन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस