धादिङ १९ फाल्गुण
धादिङको सल्यानटारमा सोमबार डोजरले ठक्कर दिई मृत्यु भएकी सल्यान्टारकी सरस्वती कुमालको शव परिवारले अझै बुझेको छैन । घर नजिकैको जंगलबाट घाँस काटेर आउँदै गरेकी सरस्वतीलाई सडक कालोपत्रे गर्दै गरेको डोजरले ठक्कर दिई माटोले पुर्न लागेको अवस्थामा बसमा सवार यात्रुहरुले देखेर स्थानीयहरुलाई खबर गरेका थिए । मृतकको शव सल्यानटारप्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । मृतक सरस्वतीको परिवारले दोषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । बुधबार मृतकका परिवार र समुदायले दोषीलाई हदैसम्मको कारबाही गर्दै त्रिपुरासुन्दरी गाउँपालिकामा ताला लगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस