कपिल जम्कट्टेल
धादिङ जेष्ठ १७
सुनगाभा एकेडेमीमा शुक्रबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विशेष गरी किशोर अवस्थाका विद्यार्थीहरु धुम्रपान तथा मध्यपान जस्ता कुलतमा लाग्ने प्रचलन बढेको बेला उक्त क्रियाकलापलाई रोक्न तथा यस्ता दुव्र्यसनबाट विद्यार्थीहरुलाई टाढा राख्नको लागि यस्तो कार्यबक्रम गरिएको हो । मध्यपान तथा धुम्रपानले निम्त्याउने असरहरुको जानकारी दिदै विद्यालयका प्रधानाध्यप वद्रि लम्सालले यसबाट बच्ने उपाय तथा तरिकाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । विद्यार्थीले पोस्टकार्ड र पम्प्लेटहरुको निर्माण गरी सुनगाभा एकेडेमी परिसर वरपरका नागरिकलाई समेत सचेत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस