धादिङ १९ फाल्गुण
राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा यही फागुन २२ गते शनिबार हुन लागेको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिताको लागि धादिङबाट जाने खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ । उक्त छनोट प्रतियोगितामा विभिन्न तौल समूहमा छात्र तथा छात्रातर्फका निम्नानुसारका खेलाडी छनौट भएका छन् ।
छात्रतर्फ
३५–४० किलो तौल समूहमा सुमन घले
४०–४५ किलो तौल समूहमा पावल तामाङ
४५–५० किलो तौल समूहमा रुपन गिरी
५०–५४ किलो तौल समूहमा धन बहादुर मगर
५४–५८ किलो तौल समूहमा नवीन श्रेष्ठ
५८–६३ किलो तौल समूहमा दिपेन्द्र श्रेष्ठ
छात्रातर्फ
३०–३५ किलो तौल समूहमा रञ्जिता तामाङ
४०–४५ किलो तौल समूहमा अञ्जना गुरुङ्ग
४५–४७ किलो तौल समूहमा एलिसा तामाङ
४७–५१ किलो तौल समूहमा नलिन श्रेष्ठ
५१–५५ किलो तौल समूहमा रेबिका तामाङ
यस्तै १२ वर्ष भन्दा मुनिका पुम्से विधामा छात्रातर्फ संज्ञा सर्मा र छात्रतर्फ शुभ श्रेष्ठ छनोट भएका छन् भने १८ वर्ष भन्दा मुनिमा छात्रातर्फ सुस्मिता गुरुङ्ग र छात्रतर्फ अमृत गुरुङ्ग छनोट भएका छन् । यस्तै बागमती प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट पनि छनौट भएका खेलाडीहरुले यही फाल्गुण २७ गते इटहरीमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस