धादिङ १९ फाल्गुण
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोटमा मङ्गलबार समुदायस्तरमा सञ्चालन हुन लागेको कोभिड भ्याक्सिनको विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । धुवाकोट स्वास्थ्य चौकी र गनेडाडा स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष फन्द्रा तामाङको अध्यक्षता रहेको थियो । कार्यक्रममा गनेडाडा स्वास्थ्य चौकीका इन्चार्ज बालकृष्ण गुरुङले कोभिड १९ बिरुद्धको खोपको प्रभावकारिताको विषयमा नागरिकहरुलाई सचेतना गराउनु भएको थियो । अन्तरकृयामा स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, शिक्षक, राजनैतिक दलका अगुवा, जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस