धादिङ १९ फाल्गुण
सकरकारले हालसम्म ४ लाख २९ हजार ७०५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिइसकेको छ । लक्षित समूहका ८५ प्रतिशतलाई खोप दिइएको छ भने नेपालको जनसंख्याको १ दशमलब ४ प्रतिशतलाई पहिलो मात्राको डोज लगाइ सकिएको छ । त्यस्तै यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुदैछ । यो अभियानमा दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष उमेर माथिका सबै नागरिकहरुलाई कोभिड १९ विरुद्धको खोप समुदायस्तरमा नै गएर दिईने सरकारले लक्ष्य छ । धादिङ जिल्लामा पनि प्रत्येक स्थानीय तहका स्वास्थ्य संस्थामा खोप लगाईने छ । सरकारले दोस्रो चरणको खोप अभियान त चलाउने भयो तर उक्त खोपप्रति धादिङका नागरिकहरुको जिज्ञासा के छ त ?
सुनौ यसै विषयमा तयार पारिएको एक रिपोर्ट
Corona Report
प्रतिक्रिया दिनुहोस