धादिङ,१७ फागुन ।
गृह मन्त्रालयले फागुन १४ गते सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल प्रदेश सचिवको रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कणर्ली प्रदेशमा र सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा हुनुभएको छ । सोमबार धादिङ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ललाई सम्मान तथा बिदाई गरेको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई मायाको चिनो सहित सफल कार्यकालको शुभकामना पनि दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस