धादिङ, १७ फागुन ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यान्टार स्थित खोल्सीमा स्थानीवासिहरु द्धारा डोजरमा आगो लगाएका छन् । सोमबार बिहान घाँस बोकेर आउने क्रममा ४५ वर्षीया सरस्वती कुमाललाई डोजरले ठक्कर दिई मारेर पुर्न लागेको अवस्थामा स्थानीवासिले देखेपछि मान्छे मार्न पाईदैन भन्दै स्थानीयहरुले उक्त डोजरमा आगो लगाएको स्थानीवासि विनोद अधिकारीले रेडियो बिहानीलाई जानकारी दिनुभयो । उक्त घट्नाको बारेमा स्थानीयवासिले प्रहरीलाई खबर गरेकोले जिल्ला प्रहरी कार्यालय धादिङका टोलीहरु घट्ना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले बताउनु भयो । त्यस्तै डोजर चालक र सडक पिचमा खटिएका कामदारहरु भने फरार रहको अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस