धादिङ १६ फाल्गुण
एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय भेला शनिबार सम्पन्न भएको छ । संगठनका गाउँपालिका अध्यक्ष एवं जिल्ला सचिवालय सदस्य यमप्रसाद ढकालको अध्यक्षतामा सुन्दरी माध्यमिक विद्यालय आगिन्चोकमा सम्पन्न भएको हो । भेलामा बागमती प्रदेशका सांसद एवं नेकपा नेता जगत सिंखडाको प्रमुख आतिथ्यता, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष सम्भु कुमार थापा, नेकपा धादिङका सचिव बिजय बुर्लाकोटी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य अर्जुन नगरकोटी लगायतको विशेष आतिथ्यता रहेको थियो । यस्तै त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ४ का अध्यक्ष कपिलदेव सिंखडा, संगठनका पूर्व केन्द्रीय सदस्य हरिलाल श्रेष्ठ ,संगठनका जिल्ला सचिव हरिप्रसाद तिमल्सिना, जिल्ला सदस्यहरु डिल्लिराम खनाल, प्रर्मिला श्रेष्ठ, डिलनारायण श्रेष्ठ, दिपेन्द्र कंडेल लगायतको आतिथ्यता रहेको थियो । संगठनका गाउँ पालिका सचिव जानुका तिमल्सिनाले संचालन गर्नुभएको भेला विभिन्न निर्णयहरु गर्दै समापन भएको छ ।
भेलाले गरेका केही महत्त्वपूर्ण निर्णयहरु :
१. पालिका स्तरीय संगठनका बिभाग हरु गठनः
साबिक उच्च माध्यमिक विभागको संयोजक जिबनाथ मरहठ्ठा
राहत बिभागको संयोजक माधब बन्जरा
अस्थायी तथा अनुदान बिभागको संयोजक कुमार सिटौला
बाल शिक्षा बिभागको संयोजक शान्ति श्रेष्ठ
२. वडा स्तरीय संगठन विस्तारः
वडा नं. १ को संयोजक सबिता मल्ल बसौला
वडा नं. २ को संयोजक राकेश परियार
वडा नं. ३ को संयोजक गणेश रेग्मी
वडा नं. ४ को संयोजक गोपाल बहादुर रान
वडा नं. ५ को संयोजक अर्जुन सिटौला
वडा नं. ६ को संयोजक राजन हमाल
वडा नं. ७ को संयोजक हरि ढउन्या
भेलालाई संबोधन गर्दै प्रदेश सांसद एवं नेकपा नेता सिंखडाले केपि ओली नराम्रोसँग बिग्रिएको बताउँदै नेकपा शीर्ष नेतादेखि तल्लो तहका नेताहरु पनि केही मात्रामा बिग्रिएकाले सच्चिन जरुरी भएको बताउनु भयो । गाउँपालिका अध्यक्ष सम्भु थापाले पालिकाभित्रका शिक्षकहरुलाई जिम्मेवारी, अवसर र सहयोगका लागि कुनै कसुर नराख्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै नेकपा धादिङका सचिव बिजय बुर्लाकोटीले हरेक परिवर्तनमा शिक्षकहरुको भूमिका अहम् हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस