धादिङ १५ फाल्गुण
धादिङको सिद्धलेक गाउँ पालिका वडा नं. ३ स्थित कुवापानी सामुदायिक वन उपभोक्ता समितिको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद खनालको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभा कार्यक्रमको उद्घाटन वडा अध्यक्ष देव बहादुर पुलामीले गर्नुभएको थियो । कार्यक्रममा नहर्की डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर आले र ज्याङ खोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम थापा मगर, जिल्ला समन्वय समिति धादिङका सदस्य खुनराज थापा, गाउँ कार्य पालिका सदस्य चेत बहादुर गाइने लगायतको आतिथ्यता रहेको थियो । ७९ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनको ८० घर परिवार उपभोक्ताहरू रहेका छन् । आधाजसो वनक्षेत्र जलाशययुक्त बुढीगण्डकी जलविधुत आयोजना निर्माणको क्रममा डुबानमा पर्ने कारणले वनक्षेत्र साँघुरिदा पर्न सक्ने प्रभावका बारेमा कार्यक्रममा छलफल गरिनुका साथै वार्षिक कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस