धादिङ १३ फाल्गुण
सिद्धलेक गाउँपालिका वडा नम्बर ३ स्थित सलाङ बसन्तमा बुधबारदेखि सुरु भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी एकीकृत लालीगुराँस युवा क्लबले चुमेको छ । शुक्रबार भएको फाइनल खेलमा मनकामना युवा क्लबलाई पछि पार्दै एकीकृत लालीगुराँस युवा क्लबले उपाधी हात पारेको हो । यस्तै प्रतियोगितामा मनकामना युवा क्लब द्धितीय भएको छ भने जोसिलो युवा क्लब तृतीय भएको छ । ११ वटा टिमको सहभागिता रहेको उक्त वडा स्तरीय भलिबल प्रतियोगिता वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष विज्ञान इटनीको अध्यक्षता तथा राष्ट्रिय भलिबल रेफ्री सोम बहादुर श्रेष्ट र राष्ट्रिय एम्पायर शान्ति गुरुङ रहनु भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमशः रु. २० हजार, १५ हजार र १० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष विज्ञान इटनीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यता र धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तमाङको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य खुनराज थापा, वडा अध्यक्ष देबहादुर पुलामी र गाउँ कार्यपालिका सदस्य चेतबहादुर गाइने लगाएतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस