धादिङ १४ फाल्गुण
नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल धादिङको पुर्नगठन गरिएको छ । शैक्षिक सत्र २०७७ का लागि पुर्नगठित १५ सदस्यीय समितिको अध्यक्षमा रविना दङ्गाल निर्वाचित भएकी छिन् । समितिको उपाध्यक्षमा सुवास तामाङ, सचिवमा दिना तामाङ, सहसचिवमा समीर तामाङ, कोषाध्यक्षमा सुमिना श्रेष्ठ र सहकोषाध्यक्षमा दिपा कोइराला निर्वाचित भएका हुन् । शुक्रबार एक कार्यक्रमका बिच रेडक्रस सोसाइटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठको उपस्थितिमिा सविना पोखरेलको अध्यक्षतामा गठित अघिल्लो कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमिति निर्माण गरिएको हो । समितिको शिक्षक नायकमा राजेन्द्र रानामगर, सहनायकमा नानीमैया कार्की र संरक्षकमा ध्रुव अधिकारी रहनुभएको छ । नीलकण्ठ माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलले विभिन्न साझेदार निकायसँगको सहकार्यमा रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस