धादिङ १३ फाल्गुण
सिद्धलेक गाउँपालिका वडा नम्बर ३ स्थित सलाङ बसन्तमा बुधबारदेखि सुरु भएको वडा स्तरीय भलिबल प्रतियोगितामा बिहिबारको खेलबाट मनकामना युवा क्लब, ढोडेनी टोल सुधार समिति, एकीकृत लालिगुराँस क्लब र जोसिलो युवा क्लब सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष देव बहादुर पुलामीले गर्नुभएको थियो । ११ वटा टिमको सहभागिता रहेको उक्त वडा स्तरीय भलिबल प्रतियोगिता वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष विज्ञान इटनीको अध्यक्षता तथा राष्ट्रिय भलिबल रेफ्री सोम बहादुर श्रेष्ट र राष्ट्रिय एम्पायर शान्ति गुरुङ रहनु भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमशः रु. २० हजार, १५ हजार र १० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस