सन्दिप स्याम्चेन
धादिङ १३ फाल्गुण
नेकपा ओली समूहको खनियाबास गाउँ संगठनक समिति सचिव प्रचण्ड माधव समूहमा प्रवेश गरेका छन् । बिहिबार एक विज्ञप्ती जारी गर्दै सचिव सुके गुरुङले केपि ओलीको कदम असंबैधानिक सावित भएको र आफू भ्रममा परेर उहाँको पछि लागेकाले अबदेखि उक्त समूहको सचिव पद त्याग्दै कुनै पनि गतिविधिमा सहभागी नहुने घोषणा गरेका हुन् । गुरुङले प्रचण्ड नेपालले नेतृत्व गरेको मूलधारको नेकपामा समाहित भएको घोषणा समेत गरेका छन् ।
प्रधानमन्त्री केपि ओलीले पौष ५ गते संसद विघटन गरेपछि केन्द्रदेखि नै गाउँ तहसम्म आफ्नो समूहको संगठन विस्तार गर्दै जाने क्रममा धादिङको खनियाबास गाउँपालिकामा पौष २६ गते सांसद खेम लोहनीको उपस्थितिमा सजिना थापा मगर अध्यक्ष र सुके गुरुङ सचिव रहनेगरी ७५ सदस्यीय गाउँ सङ्गठन कमिटी निर्माण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस