धादिङ १२ फाल्गुण
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधी सभा पुर्नस्थापनको पक्षमा गरेको फैसलालाई स्वागत गर्दै धादिङबेशीमा विजय र्याली निकालिएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला संगठन कमिटी धादिङका नेता तथा कार्यकर्ताहरुले धादिङबेशीमा विजय र्याली निकालेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका निर्वतमान आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेकपा केन्द्रीय सदस्य सालिकराम जम्कट्टेलले जुन सपना खड्ग प्रसाद ओलीले देखेका थिए त्यो पुरा भएन नेपाली जनताले जिते त्यसैले अहिले खड्ग प्रसादका मान्छेहरु बालुवाटारमा बसेर रोईरहेको छन् भन्नुभयो । नेता जम्कट्टेलले खड्ग प्रसाद ओलीलाई जनतासँग माफ मागि राजिनामा गरेर बालकोट जान आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीबाट राजिनामा नदिई बालकोट नगए ओलीलाई जनताले बालुवाटारबाट घिसारेर सडकमा ल्याउने नेता जम्कट्टेलले बताउनु भयो ।
बुधबार धादिङ लगायत देशैभर सर्वोच्चको फैसलाको स्वागत गर्दै विजय ¥याली निकालिएको हो ।
हामीले बिजय र्यालीमा सहभागि केही व्यक्तिहरुलाई सर्वोच्चको फैसलालाई कसरी लिनुभएको छ भनेर सोधेका थियोँ ।
सुनौ उहाँहरुको विचार जस्ताको तस्तै
प्रतिक्रिया दिनुहोस