धादिङ १२ फाल्गुण
कोभिड १९ संक्रमणको समयमा नागरिकहरुलाई सही सूचना र समाचार सम्प्रेषण गरेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र धादिङ जिल्लास्थित विभिन्न सञ्चार गृहहरु र त्यसमा कार्यरत सञ्चारकर्मीहरुलाई बुधबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उप प्रमुख बिन्दा बरामू नेपाली, ३ वटै सुरक्षा निकायका प्रमुख लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पत्रकारहरुलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले यो सङ्कटको समयमा जोखिम मोल्दै नागरिकलाई सहि सूचना र समाचार सम्प्रेषण गरेकोमा जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद दिदै कोरोना नेपालबाट अझै पनि निर्मूल नभएको र खोपको चरणमा रहेकाले खोपको बारेमा नागरिकहरुमा रहेको भ्रम चिर्न र सहजीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस