धादिङ जेष्ठ १६
खानेपानी आयोजना निर्माण पश्चात दिगो व्यवस्थापन तालिम गजुरी गाउँपालिमामा बिहीबार सम्पन्न भएको छ । अक्सफाम ,प्रयास नेपाल, धादिङ र सिद्धलेक गाउँपालिकाको सहजीकरणमा निर्माण भएका आपँटार स्याखुटार, चापडी र साँधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी ,सदस्य, पानी सुरक्षा टोली तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागीता रहेको थियोे । दिगो खानेपानी प्रणालीका सुचक तथा पुर्ण सरसफाईका सुचक पुरा गर्ने, उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिम संन्चालन गरिएको पुर्णिमा परियोजनाका कार्यक्रम संयोजक भरत अधिकारीले जानकारी दिनु भएको छ । उक्त तालिमको सहजीकरण प्रयास नेपालका सब ईन्जिनियर धिरज भण्डारी तथा जनस्वास्थ सहजकर्ता गोबिन्द बिडारी र हेमराज महराले गर्नु भएको थियो ।
खानेपानी योजनाको दिगोपन प्रमुख सवाल रहेकोले योजना संचालन शुरुवातको समय देखि नै उपभोक्ता समिति मार्फत उपभोक्ताहरुसम्म पानीको उचित प्रयोग र संरक्षण र सदुपयोग गर्न जिम्मेवारी बोधको लागि कार्ययोजना तयार र कार्यान्वयन पद्धतिलाई संस्थागत गर्न दिगोपन सम्बन्धि क्षमता बिकास कार्यशाला संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस