धादिङ ०९ फाल्गुण
ब्लड क्यान्सर भई उपचाररत विद्यार्थी सूर्यान्स सुनारको उपचारार्थ न्यू धादिङ बोर्डिङ स्कूलले रु. २२ हजार ९ सय रकम सङ्कलन गरी आइतबार आफन्तलाई हस्तान्तरण गरेको छ । विद्यार्थीहरु, शिक्षक, कर्मचारीबाट सङ्कलन गरिएको उक्त रकम एक कार्यक्रमका बिच प्रधानाध्यापक अभिषेक बसौलले हस्तान्तरण गर्नुभएको हो । न्यू धादिङ बोर्डिङमा कक्षा २ मा अध्ययनरत विद्यार्थी सूर्यान्स सुनार ब्लड क्यान्सर भइ हाल विपि कोइराला क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर र उपचारमा धेरै रकम लाग्ने भएका कारण विद्यालयले सहयोगी मनहरुलाई सहयोगको लागि समेत अपिल गरेको छ । सहयोगका लागि हिमालयन बैंकको खाता नं. ००८०९११३८२००१६ मा रकम जम्मा गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस