धादिङ ०९ फाल्गुण
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । धादिङ जिल्ला शाखाको आयोजनामा र केवलपुर उप शाखाको संयोजनमा थाक्रे गाउँपालिकाको वडा नम्बर ९ को ज्योती माध्यमिक विद्यालयको प्राङगणमा कार्यक्रम भएको हो । कार्यक्रममा धादिङ जिल्ला शाखाले एक वर्षभरी गरेका कार्यक्रमका बारेमा सभापति नारायण तिमल्सिनाले जानकारी गराउनु भएको थियो । आर्थिक वर्ष २०७६/०७७ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तिमल्सिनाले धादिङ रेडक्रसले कोरोना भाइरसको महामारीमा समाना गर्दैं जिल्लाका ाविभिन्न स्थानीय तहमा राहत वितरण लगायतका कार्यक्रम गरेको बताउदै रक्तसंचार केन्द्रको सुदृढीकरण गरी कोल्ड रुम निर्माण गर्दै जनशक्तिको व्यवस्थापन सहित आधुनिक रक्तसंचार सेवा केन्द्रको समेत आबश्यक रहेका बताउनु भयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले विगतमा गाउँपालिकाले रेडक्रसलाई दिदै आएको रकमलाई बढाएर ५ लाख दिने निणय गर्नु भएको छ । यस्तै कार्यक्रममा मन्तव्य राख्दै पूर्व स्थानीय विकास मन्त्री तथा बागमती प्रदेश सभाका सांसद राजेन्द्र प्रसाद पाण्डेले केवलपुर उप शाखालाई जग्गा दान गर्ने जग्गा दतालाई धन्यवाद ददिदै भवन निर्माणमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउदै जिल्ला शाखालाई एम्बुलेन्स खरिदका लागि समेत सहयोग गर्ने बताउनु बताउनु भयो । कार्यक्रमकै अवसर पारी रेडक्रस धादिङका ४ जना पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो । यस्तै आर्थिक वर्ष ०७६/०७७ को कार्य सम्पादनको आधारमा फुलखर्क उपशाखालाई उत्कृष्ठ उपशाखाको रुपमा सम्मान समेत गरिएको थियो ।
फोटोः नागरिक पाटी
प्रतिक्रिया दिनुहोस