धादिङ ०७ फाल्गुण
धादिङको बिशालटारमा शुक्रबार(आज)बाट जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाका विभिन्न १० वटा टिम सहभागि भएको प्रतियोगिताको आजको खेलमा बैरेनी क्रिकेट टिम र धुनिबेसी क्रिकेट टिम तथा साङ्कोष क्रिकेट टिम र त्रिपुरासुन्दरी क्रिकेट टिमबिच प्रतिस्पर्धा भएको हो । धुनीबेसी क्रिकेट टिम र बैरैनी क्रिकेट टिम बीच भएको उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टारगेटमा धुनीबेसी टिम ११ रनले हारेको थियो । यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर अफ द म्याच घोषित भएका थिए ।
यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभर मै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएको बिशालटारबाट दिपेश कंडेलले जानकारी दिनुभयो ।
चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले गर्नुभएको थियो । बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको समापन फागुन १० गते हुने आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्रका साथै उत्कृष्ठ बलर, उत्कृष्ठ ब्याट्सम्यान, उत्कृष्ठ खेलाडीलाई जनही रु. ५ हजार र प्रशंसा पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको दोस्रो दिन शनिबार ३ वटा खेलहरु हुने भएको छ । पहिलो खेल बिहान ७ बजे विशाल ज्योती क्लव बेनीघाट रोराङ र गणेश हिमाल क्रिकेट टिम नीलकण्ठ बिच हुनेछ भने दोश्रो खेल बिहान १०ः३० बजे गजुरी क्रिकेट टिम गजुरी र नीलकण्ठ क्रिकेट टिम नीलकण्ठ हुनेछ,यस्तै शनिबारको अन्तिम खेल दिउँसो २ बजे मलेखु क्रिकेट क्लव बेनीघाट रोराङ र कारु मेमोरियल ट्रष्ट बेनीघाट रोराङ बीच हुनेछ ।
तस्विरः सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस