धादिङ,०५ फागुन ।
धादिङको गजुरी बजारमा भएको रक्तदान कार्यक्रम ६२ रक्तदान गरेका छन् ।बुधबार गजुरी बजार स्थित प्रभु बैँक लिमिटेड कार्यालयको प्राङगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४ जना महिला र ५८ जना पुरुष गरि जम्मा ६२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयोे । प्रभु बैँक लिमिटेड गजुरी शाखाको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।कोरोना भाइरस कोभिड–१९ द्वारा सिर्जित रगतको अभावलाई कमगर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङले विभिन्न मेला, महोत्सव लगाएतका कार्यक्रमहरुमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस