धादिङ ०४ फागुन
नागरिकहरु जीवन बिमातर्फ आकर्षित भैरहदा धादिङमा नयाँ शैलीको प्रयोग भएको छ । एशियन लाइफ इन्स्योरेन्स धादिङ उपशाखाकी बिमा अभिकर्ता सरिता मग्रातीले दाइजोमा नन्द ज्वाईलाई उपाहार स्वरुप एशियन लाइफ इन्स्योरेन्समा रु १० लाख ४० हजार बराबरको साबधिक जीवन बिमा गराइदिएकी हुन् । बिबाहको क्रममा दिइने दाइजो प्रथाको नाममा हुने गरेको अनावश्यक खर्चलाई न्यूनीकरण गरी त्यसमा खर्च हुने रकमलाई खेर जान नदिई बचत गर्ने बानीको विकास गराउनुको साथै जोखिम समेत बहन गर्ने र भविष्यमा आर्थिक रुपले आइपर्ने महत्त्वपूर्ण सहयोग पुग्छ भन्ने ठानेर बिबाहको उपाहार स्वरुप बिमा गराएको मग्रातीले बताउनु भयो । बिबाह, ब्रतबन्ध, पास्नी लगायतका शुभ कार्यमा हुने फजुल खर्चलाई कम गर्दै भविष्यका लागि सोचेर बचत गर्ने बानीको बिकास गर्न सके भविष्यमा भैपरि आउने आर्थिक समस्याहरुलाई सजिलैसँग समाधान गर्न सकिने एशियन लाइफ इन्स्योरेन्स धादिङ उपशाखाका प्रमुख प्रकाश ढुङ्गानाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस