धादिङ ०४ फागुन
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमी पर्व धादिङका विभिन्न शैक्षिक संस्थाहरुमा भव्यताका साथ मनाइएको छ । सुनगाभा एकेडेमीमा एक कार्यक्रम आयोजना गरी सरस्वती देवीको पूजा आराधना सहित पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्धितीय तृतीय र विद्यालय प्रथम हुने विद्यार्थीहरुलाई विद्यालय सञ्चालक समितिका सदस्यहरु, विद्यालयका प्रधानाध्यापक बद्रि लम्साल लगायतले पुरस्कार वितरण गर्नुभयो । यस्तै कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले सरस्वती देवीको प्रतिमामा माल्यार्पणका साथै पूजा आरधना गर्दै विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलेका थिए । यस्तै सरस्वती पूजाकै अवसर पारी भएको अक्षरारम्भ तथा निःशुल्क स्कुल व्याग वितरण कार्यक्रममा उल्लेख्य मात्रामा नयाँ विद्यार्थीहरु सहभागि भएको विद्यालयका शिक्षक कपिल जम्कट्टेलले जानकारी दिनुभयो । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
प्रतिक्रिया दिनुहोस