धादिङ ०३ फागुन
संसद पुर्नःस्थापना नभए देश भिषण द्धन्द्धको भुमरीमा फस्ने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भएको छ । सोमबार धादिङबेशीमा नेपाली कांगे्रस धादिङको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले आफूलाई मत दिएका जनतामाथि विश्वासघात गर्दै संविधानलाई समेत विश्वास घात गरेको बताउनु भयो । राष्ट्रपतिको भूमिकामाथि प्रश्न गर्दै पौडेलले प्रधानमन्त्रीले गरेका असंबैधानिक सिफारिसहरुलाई राष्ट्रपतिले अनुमोदन गरेको आरोप लगाउनु भयो । काङ्ग्रेस निर्वाचनबाट नभाग्ने भन्दै पौडेलले निर्वाचन भन्दा पहिला अहिलेको असंबैधानिक र अलोकतान्त्रिक कदमलाई सच्याउनु पर्ने बताउनु भयो । बिरोध सभालाई संबोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले सर्वोच्च अदालतका न्यायाधिशहरुले आफूले लगाएको कालो कोट फुकाएर सडकमा आएर राजनिति गर्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाको अध्यक्षतामा सम्पन्न भएको विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । पुछारबजारबाट र्याली सहित खुल्लामञ्चमा भएको बिरोध सभामा नेपाली काङ्ग्रेस धादिङ जिल्लाभरबाट हजारौँ कार्यकर्ता तथा सुभचिन्तकह आएका थिए ।
प्रतिक्रिया दिनुहोस