धादिङ ०२ फागुन
धादिङको नीलकण्ठ नगरपालिका ३ को गणेश मन्दिर नजिकैबाट नीलकण्ठ १२ सांकोस जोड्ने पक्की पुलको प्रदेश सांसद डा. राम कुमार अधिकारीले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार मन्त्रालय यातायात पूर्वाधार निर्देशालय पूर्वाधार विकास निर्देशनालय नुवाकोटको कर बाहेक रु. ४ करोड ४२ लाख १४ हजार ९७२ रुपैयाँमा बन्न लागेको पक्की पुल २५ मिटर लम्बाई र १०.५ मिटर चौडाई रहेको छ । पुल निर्माणका लागि जोशी सफल जे.भी. कम्पनीले ठेक्का प्राप्त गरेको छ । आयोजना सम्पन्न गर्ने मिति २०७८ आषाढ मसान्त भएता पनि २०७८ साल माघ मशान्तमा उद्घाटन गर्ने वातावरणका साथ निर्माण कार्य अगाडि बढाउन डा. अधिकारीले ठेकेदार कम्पनीलाई निर्देशन दिदै रकम अभाव भए कुनै पनि हालतमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले निर्माण कार्यको अनुगमन सबै सचेत नागरिकले गर्नुपर्ने बताउदै समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस