धादिङ ३० माघ
लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बा र जन आवाज युवा क्लब धुवाकोटको आयोजनामा मन्जुश्री संवत २८५७ औँ सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम शुक्रबार धुवाकोटको मानेमा सम्पन्न भएको छ । जित बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता, नीलकण्ठ १४ का वडा अध्यक्ष फन्द्रा तामाङ, धादिङ पोखरा सम्पर्क मन्चका पूर्व अध्यक्ष युवराज खतिवडा, अस्टे«लिया नेपाल समन्वय सम्पर्क मन्चका प्रकाश अधिकारी, नेकपा धादिङका जिल्ला सदस्य नवराज दुवाडी लगायत स्थानीय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जम्कट्टेलले एकात्मक राज्य व्यवस्थाले हिन्दू धर्मबाहेक अरु धर्मलाई उत्पिडन गर्दै शासन गरिरहेको सन्दर्भमा जनयुद्ध, जनआन्दोलन उपलब्धी स्वरुप प्राप्त संघीयता, धर्मनिरपेक्षता, समावेशी लगायतका महत्त्वपूर्ण उपलब्धीलाई कुठाराघात गर्ने गरी वर्तमान प्रधानमन्त्री खड्क प्रसाद ओलीले प्रतिनिधि सभाको बिघटनको नाटक स्वरुप गरिएको संविधानको हत्याको प्रतिवाद गर्न र आफ्नो संस्कृति र भाषालाई जोगाउनको निमित्त आन्दोलित हुन सम्पूर्ण तामाङ समुदायलाई आग्रह गर्नुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले समग्र धुवाकोटको विकासका लागि नगरपालिकाले सक्दो पहल गर्ने बताउनु भयो । कार्यक्रममा सीता लामा, सैलब वाईबा लगायत स्थानीय कलाकार र भाmकीको समेत प्रस्तुती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस