धाादिङ ३० माघ
२६ औं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते (भोली) धादिङबेशीमा वृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । “वीर शहिदहरु अमर रहुन ” भन्ने मूल नाराका साथ फागुन १ गते रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको नेकपा धादिङले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटि, धादिङको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको छ । शनिबार नीलकण्ठ क्याम्पस चोकमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने रक्तदान कार्यक्रममा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटिले सबैमा आग्रह गरेको छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्दै सशस्त्र युद्धमो होमिएको थियो ।
प्रतिक्रिया दिनुहोस