धादिङ २८ माघ
गजुरी गाउँपालिका वडा नम्वर १ केउरिनिमा पानी शुद्धीकरणका लागि फिल्टर वितरण तथा समूहको साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केउरिनी सामुदायिक संस्थाको ६ लाख ४ हजार १ सय ४१ रुपैयाँ बराबरको आर्थिक श्रोत रहेको आय व्यय विवरण प्रस्तुत गरिएको थियो । सरसफाइ र स्वच्छतामा एक कदम अघि सरी, सधै सुरक्षित पानी पिउछौँ हामी गावैभरी” भन्ने मूल नाराका साथ फिल्टर वितरण कार्यक्रम भएको थियो । स्थानीय समुदायिक संस्था केउरिनी सामुदायिक संस्थका अध्यक्ष टिका कुमारी बरुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य नेत्र खनाल, शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेल, सद्भाव गरिबी निवारण सहकारी संस्थाका व्यवस्थापक वासुदेव सुवेदी, कंकाल्नी आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
केउरिनी सामुदायिक संस्थाको अगुवाईमा २९ घरधुरीमा फिल्टर खरिद गरी सुरक्षित पानी पिलाउने प्रतिवद्दता सहित फिल्टरको वितरण गरिएको हो । पूर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पूर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानीय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्वाकांक्षी लक्ष्य रहेको घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस