धादिङ २७ माघ
बास्तबिक भुकम्प पीडितको आवास निर्माणका लागि गाउपालिकाले बिशेष पहल गर्ने त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष शम्भु कुमार थापाले बताउनु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै थापाले सो कुरा बताउनु भएको हो । वास्तविक पीडित को आवास निर्माणका लागि नाम ननिस्केको वडा न ५ का स्थानीय को गुनासोलाई सम्बोधन गर्दै थापाले केही नक्कली पिडितको कारण वास्तविक भूकम्प पीडित समस्यामा परेको बताउनु भयो । वास्तविक पीडितको पहिचान गरेर गाउपालिकाको टिम छिट्टै रास्ट्रीय पुनर्निर्माण प्राधिकरणमा जाने समेत अध्यक्ष थापाले बताउनु भएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै त्रिपुरासुन्दरी गाउपालिकाका उपाध्यक्ष देबि बुर्लाकोटीले बिकासका काममा नागरिकको चासो गुनासो भएमा मात्र दिगो बिकासमा टेवा पुग्ने बताउनु भयो । त्यसका लागि सबै वडाबासी सचेत बन्नु पर्ने समेत बताउनु भयो । वडामा भएका बिकास निर्माणका कामको भुक्तानी लिनमा ढिला हुने गरेको गुनासोप्रति इङिगत गर्दै उहाँले उपभोक्ता समितिलाई समय मै काम सम्पन्न गर्न र अनुगमन गरेर योजना सम्पन्न गर्न आग्रह गर्नु भयो । जसले रकम भुक्तानी समय मै गर्न सहयोग पुग्ने बताउनु भएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष कुश बहादुर सिटौलाको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले भुकम्प पीडितले राहत पाउन नसकेको र वडाले योजना तथा अनुदानको सुचनाहरु प्रशस्त मात्रामा नदिएको लगाएतका गुनासाहरु राखेका थिए ।
सहभागिहरुले राखेका गुनासाहरुको वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनी, उपाध्यक्ष देवी कुमारी बुर्लाकोटी, अध्यक्ष शम्भु कुमार थापाले जवाफ दिनुभएको थियो । वडा नं. ५ का अध्यक्ष कुश बहादुर सिटौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्यता, उपाध्यक्ष देवी कुमारी बुर्लाकोटीको विशेष आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनी, लेखा अधिकृत हरिशरण सोती, शिक्षा अधिकृत रुक्मिला इटनी लगायतको आतिथ्यता रहेको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण रेडियो बिहानी ९७.६ मेगाहर्ज र रेडियो धादिङ १०६ मेगाहर्जले गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाका ७ वटै वडामा सम्पन्न गरेर गाउँपालिका स्तरको गर्ने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस