धादिङ,२७ माघ ।
पशुपति माध्यामिक विद्यालयको ३३ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको वृहत खुल्ला रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरका छन् । एस.एल.सि ब्याज २०६७ द्धारा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा २६ जना महिला र ६७ जना पुरुष गरि जम्मा १ सय ३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । पशुपति माध्यामिक विद्यालयको सह आयोजना, नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग र स्वर्गिय शमशेर बहादुर स्मृती सेवा समाज दिप बहादुर स्मृती संस्थाको एम्बुलेन्स सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस