धादिङ,२७ माघ ।
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढङगानाले विद्यालयले अहिलकोे शिक्षालाई फड्को मारी प्राविधिक शिक्षा तर्फ लैजानुपर्ने बताउनु भएको छ । नीलकण्ठ नगरपालिका नम्बर १२, दामगाडे स्थित पशुपति माध्यामिक विद्यालयको ३३ औं वार्षिक उत्सवको शुभकामना दिदै मेयर ढुङगानाले सो कुरा बताउनु भएको हो । यसै विद्यालय बाट देशको निम्ति योग्य नागरिक उत्पादन गर्न अपिल गर्नुभएको छ । साथै शिक्षाको स्तरलाई गुणस्तरीय बनाउने अठोटका साथ शिक्षकहरुले योजना बनाएर नगरपालिकामा आए नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मंगलबार अभिभावक, विद्यार्थी र शिक्षक बीच निरन्तर सम्वाद र एकता असल व्यवस्थापन गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ ३३ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।
त्यस्तै गरी कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा समन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले विद्यालयले अभिभावहरुको सल्ला र सुझावको लागि एउटा सुझाव पेटीका सबैको लागि उपुक्त हुने स्थानमा राख्न आग्रह गर्नुभएको छ । अभिभावहरुले जति पनि विद्यालय निर्माण गर्नको लागि धनको लगानि गरेपनि विद्यालयमा मनको लगानी गरियो भने विद्यालयलाई उत्कृष्ट बनाउन सकिने बताउनु भएको थियो । कार्यक्रममा विद्यालय स्थापना तथा शैक्षिक र भौतिक स्तर सुधारका लागि योगदान गर्ने अभिभावक तथा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्नुका साथै कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस