धादिङ, २४ माघ
नेपाल रेडक्रस सोसाईटी धुषा उप–शाखाको २० औं वार्षिक साधारण सभाको अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा १२ जना महिला र ४७ जना पुरुष गरी जम्मा ५९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी धुषा उप–शाखाको आयोजना, नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग र चरौदी समाज सुधार युवा क्लबको सह आयोजनामा बुद्धी विकास आधारभूत विद्यालय, वेनिघाट रोराङ ७ चरौदी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङले रगतको अभावलाई कम गर्ने उद्धेश्यले विभिन्न मेला, महोत्सव लगाएतका कार्यक्रमहरुमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस