धादिङ, २४ माघ ।
धादिङबेशीको सुगमटोल टोल सुधार समितिको पाँचौ साधारण सभा शनिबार सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा समितिका सल्लाहाकार रुद्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७६/०७७ को प्रगति तथा आर्थिक प्रतिवेदन पास गरेको छ । सभामा एकघर एकसदस्य अनिर्वाय बन्नुपर्ने, टोलको सिमाना निर्धारण गर्नुपर्ने, क्रियापुत्री भवनको ट्रस निर्माण गर्न सहयोग गर्नेको नाम शिलामा राख्ने व्यवस्था मिलाई उद्ध्घाटन गर्नुपर्ने, धादिङबेशी बजारको भित्री सडक सुधारको लागि पहल गर्नुपर्ने, विद्युत पोल र खानेपानीको पाईपलाईन विस्तारलाई पहल गर्नुपर्ने, जेष्ठ नागरिक पार्कलाई व्यवस्थित बनाउनुपर्ने लगाएतका कार्यक्रमहरु पास गरिएको सुगमटोल टोल सुधार समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार नै सुगमटोल टोल सुधार समितिका सदस्य जितबहादुर गुरुङको ठाउँमा गजबहादुर लामालाई मनोनयन समेत गरेको श्रेष्ठले बताउनु भयो ।धादिङबेशी बजारको खानेपानी समस्यालाई कम गर्न नेपाल सरकार समेतको लगानीमा करिब ३० करोडको लागत स्टमेट आएकोले स्टिमेटमा खर्च कम गर्नसक्ने अवस्था भए हेरफेर गरि विशेष गरि धादिङबेशी खोनेपानी मुल उपभोक्ता समिति र नीलकण्ठ नगरपालिका समेतको सहयोगमा उक्त कार्य गर्नुपर्ने र उपभोक्ताको तर्फबाट निभाउनुपर्ने भुमिकामा टोलवासीको तर्फबाट पूणर् सहयोग गरेर योजना कार्यन्वयन गर्ने सर्वसम्मत निणर्य पनि गरेको छ । साथै मृत्यु भएका सुगमटोल टोल सुधार समितिमा सदस्यहरुको श्रद्धान्जली समेत व्यक्त गरेको अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस