धादिङ, २४ माघ ।
वर्तमान सरकारले गरेको असंवैधानिक कानुनको विरुद्धमा नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरुले लाल्टिन बालेर धादिङबेशीमा विरोध प्रर्दशन गरेका छन् । संस्थाहरुले शनिबार धादिङबेशी सहित देशभर एकैसाथ विरोध प्रदर्शन गरेका हुन् । गत माघ १३ गतेको कांग्रेस केन्द्रीय समिति बैठकको निणर्याअनुसार शनिबार देशभर प्रदर्शन भएको हो । प्रेस युनियन सहितका संस्थाहरुले असंवैधानिक कदमको विरुद्धमा सबै एक हौ, शैक्षिक अराजकता अन्त्य गर, संविधानको पालना नेपालीको चाहाना लगाएतका नारा सहित धादिङबेशीमा शान्तिपुणर् जुलुस निकालेका हुन् ।
प्रतिक्रिया दिनुहोस