धादिङ २३ माघ
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ को ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार धादिङ पिशोन प्रार्थना सङ्गती सहयोगी हातहरु द्धारा संचालित धादिङ पिशोन कपडा बैंक द्धारा ऐबाङका चेपाङ समुदायमा न्यानो कपडा वितरण गरिएको हो । ऐबाङका चेपाङ समुदायहरु जाडोमा कठ्याङिग्रएर बस्न नपरोस् भन्ने उद्धेश्यले न्यानो कपडा वितरण गरिएको धादिङ पिशोन कपडा बैंकका अध्यक्ष सुबास बसेलले बताउनु भयो । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ का स्थानीयवासी राजेन्द्र तामाङ, मंगल सिंह तामाङद्धारा चेपाङ समुदायमा न्यानो कवडा नभएको भन्ने गुनासो आएपछि धादिङ पिशोन प्रार्थना सङ्गती सहयोगी हातहरुद्धारा संचालित धादिङ पिशोन कपडा बैंकले शुक्रबार न्यानो कपडा बितरण गरेको बसेलले बताउनु भएको छ । त्यस्तैगरी कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति नेपाल धादिङका कार्यकारी निर्देशक ईन्द्रमान शाक्याले गरिब दिनदुःखीलाई आफूले सकेको सहयोग गर्न पाउदा धेरै खुसी लागेको बताउनु भयो । साथै सबै नागरिकहरलाई आफूमात्रै बाच्ने होईन कि अरुलाई पनि बचाउनतर्फ लाग्न आग्रह समेत गर्नुभएको छ । धादिङ पिशोन कपडा बैंकका अध्यक्ष सुबास बसेल, शान्ति नेपालका कार्यकारी निर्देशक ईन्द्रमान शाक्य, धादिङ पिशोन प्रार्थना सङ्गतिका पास्टर सुभ सिंह तामाङ लगायत स्थानीवासीहरुको सहभागिता रहेको थियो । त्यस्तै जाडोको समयमा न्यानो कपडा पाउदा चेपाङ समुदायका नागरिकहरु खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस